news-details
अन्तरास्ट्रिय

Share this post!

दक्षिण सुडानको सुनखानीमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ। उक्त खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन्।दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा मंगलबार अकस्मात विस्फोट भएको थियो। खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो। त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उक्त खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ।