news-details
अन्तरास्ट्रिय

Share this post!

सम्पादकसहित सात पत्रकार पक्राउ

हङकङ । हङकङ प्रहरीले स्ट्यान्ड न्युज सर्भिसका सातजना सञ्चारकर्मीलाई पक्राउ गरेको छ । उनीहरुलाई राज्य विरोधी सामग्री प्रकाशन गरेको आरोप लगाइएको छ । पक्राउ पर्नेमा स्ट्यान्ड न्युज सर्भिसका पूर्व र बहालवाला कर्मचारीहरु रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । स्ट्यान्ड न्युज सर्भिसमा छापा मार्न दुई सयभन्दा बढी प्रहरी पुगेको बताइएको छ । छापा मार्ने क्रममा विवाद भएपछि प्रहरीले त्यहाँका सामग्री खोज्ने र त्यसलाई जफत गर्ने अधिकार आफूहरुसँग रहेको दावी गरेका थिए ।पक्राउ पर्नेमा स्ट्यान्ड न्युजका पूर्व र बहालवाला सम्पादक पनि रहेका छन् । स्ट्यान्ड न्युजको सञ्चालक समितिका पूर्वसदस्य तथा पप स्टार डेनिस हो पनि पक्राउ परेकी छन् । उनी पछिल्लो समय पजातान्त्रीक आन्दोलनको नेतृत्वकर्ताको रुपमा स्थापित छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पक्राउ परेको खुलासा गरेकी हन् । उनलाई वेस्टर्न डिस्ट्रिक्ट पुलिस स्टेसन लगिएको समाचारमा जनाइएको छ । स्ट्यान्ड न्युजले आफ्नो फेसबुक पेजमा प्रहरीहरु कार्यालयभित्र प्रवेश गरिरहेको तस्बिर पोस्ट गरेको छ ।प्रहरीहरु डेपुटी असाइनमेन्ट डाइरेक्टर रनसन चानको कोठामा देखिएका छन् । चानलाई प्रहरीले केरकार गरे पनि पक्राउ भने गरेको छैन । ‘अहिलेको अप्ठ्यारो परिस्थितिमा तत्कालका लागि स्ट्यान्ड न्यूज बन्द गर्ने निर्णय लिइएको छ’, स्ट्यान्ड न्यूजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।