news-details
अन्तरास्ट्रिय

Share this post!

काबुलका जनता बचाउनकै लागि देश छाडेको हुँ : असरफ गानी

अगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गानीले काबुलको जनता बचाउन आफूले देश छाड्ने फैसलालाई सही भएको बताएका छन्। यस वर्षको अगस्टमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो। पूर्व-राष्ट्रपतिले देश छोड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। साथै उनले काबुलको विनाश रोक्नका लागि आफूले देश छोड्नु परेको बताएका हुन्। गानीले १५ अगस्टमा ब्युझँदा अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुने अन्दाज नगरेको बिबिसीसँग बताएका छन्।जब विमान काबुलबाट बाहिरियो तब मात्र आफू जाँदैछु भन्ने महसुस गरे', उनले भने।त्यसबेला देश छोडेको आरोपमा उनको चर्को आलोचना भएको थियो। उनी अहिले संयुक्त अरब इमिरेट्समा छन्। काबुलको ५० लाख जनघनत्वलाई कुनै क्षति नहोस् भनेर आफूले काबुल छोड्नु परेको उनले जिकिर गरेका छन्।अन्तर्वार्ताका दौरानमा उनले तालिबानले काबुलमा नपस्ने सहमति जनाएको दाबी गरे। तर, दुई घण्टामै त्यो सहमति पालना नभएको उनले बताएका छन्। गानीका अनुसार आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र उनको पत्नी काबुल छाडेर जानमा सहमत भएको पनि बताएका छन्।गानीले आफूलाई विमान उड्दासम्म कहाँ जाने भन्ने थाहा नभएको दाबी गरे। त्यस्तै, देश छाड्दा आफूले पैसा लिएर भागेको कुरा पनि अस्वीकार गरेका छन्।