news-details
अन्तरास्ट्रिय

Share this post!

लुकाकु चेल्सी छाडेर कोन्टेसँग पुनर्मिलन गर्न स्पर्स जाने चर्चा

चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुको भविष्य अन्योलमा देखिएको छ । एक अन्तरवार्ताका कारण विवाद बढेपछि उनले क्लब नै छाडेर जाने चर्चा चलेको हो ।गजेटा डेलो स्पोर्टका अनुसार लुकाकु चेल्सी छाडेर टोटनह्याम हटस्पर्स जान सक्ने सम्भावना बढेको छ । इन्टरका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँग लुकाकुको पुनर्मिलन हुनसक्ने पत्रिकाको भनाइ छ ।केही समयअघि दिएको अन्तरवार्तामा लुकाकुले चेल्सी आफू खुसी नरहेको कुरा बताएका थिए । अन्तरवार्ताकै कारण चेल्सीका म्यानेजर थोमस टुकलले लुकाकुलाई लिभरपुलविरुद्धको खेलमा टोलीमा नै समावेश गरेनन् । यही सिजनमात्र क्लबमा भित्रिएका लुकाकुले अब क्लब छाड्ने तयारी थालेको पत्रिकाले उल्लेख गरेको छ ।