news-details
अन्तरास्ट्रिय

Share this post!

तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यू

चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ । यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए । चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् । युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घण्टी बजेको विज्ञहरुले बताएका छन् । आगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ ।