news-details
अन्तरास्ट्रिय

Share this post!

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्‍निच्यूडको भूकम्प गएको छ।जापान मौसम विज्ञान निकाय (जेएमए)ले स्थानीय समय अनुसार बिहान ६:०९ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो।जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात म्याग्‍निच्यूडको छ। अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।