news-details
अन्तरास्ट्रिय

Share this post!

नयाँदिल्लीमा मास्कबिना हिँडडुल गर्न निषेध

नयाँदिल्ली– नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साविक झैं सञ्चालन हुनेछन् । मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन् । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।