news-details
अन्तरास्ट्रिय

Share this post!

दिल्लीमा सप्ताहन्तमा कफ्यू लागू, ५० प्रतिशत कर्मचारीले मात्रै कार्यालयबाट काम गर्ने

दिल्लीमा रात्रीकालीन कर्फ्यू पछि अब सप्ताहन्तमा कर्फ्यू लगाइएको छ । अर्थात्, शनिबार र आइतबार कर्फ्यू लागू रहनेछ । उपमुख्यमन्त्री मनिष सिसोदियाले यसबारे घोषणा गरेका हुन् ।सिसोदियाले पत्रकार सम्मेलनमा मानिससँग अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । अति आवश्यक सेवाबाहेक सबै सरकारी अधिकारी घरबाटै काम गर्नेछन् ।नीजि संस्थामा ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्नुपर्नेछ ।मनिष सिसोदियाले भने, ‘दिल्ली आपतकालीन प्रबन्धन प्राधिकरणको बैठकमा सरकारले दिल्लीमा शनिबार र आइतबार कर्फ्यू लागू गर्ने निर्णय गरेको छ । सबै सरकारी कार्यालयमा आवश्यक सेवाबाहेक कर्मचारीलाई कार्यालय आउन मनाही छ । सबैले घरबाटै काम गर्नेछन् । नीजि कार्यालयले ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् ।’