news-details
समाचार

Share this post!

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ललितपुर । ललितपुरको कुपण्डोलमा गए राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।