news-details
अन्तरास्ट्रिय

Share this post!

भारतको कर्नाटकमा शुक्रबारदेखि कर्फ्यू

कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रीकालीन कर्फ्यू भने यथावत नै छ ।कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रीकालीनकर्फ्यू लगाइएको थियो । तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कर्फ्यू लगाइने घोषणा गरेको थियो ।