news-details
अन्तरास्ट्रिय

Share this post!

विरोध प्रदर्शन रोक्न कजाकस्थानमा रुसी सेना परिचालन

काठमाडौं : कजाकस्तानमा सरकारविरोधी प्रदर्शन बढ्दै गएपछि रुसी सेना परिचालन गरिएको छ। कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो। कजाक राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएपछि सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेका थिए। सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको एउटा सैन्य संगठन हो।तेलको मूल्य वृद्धिको विरोधमा सुरु भएको कजाक प्रदर्शन विस्तारै विभिन्न मुद्दाहरूका कारण सरकारको टाउको दुखाइ बनेको हो। राष्ट्रपति तोकायेवले विदेशमा तालिम प्राप्त प्रदर्शनकारीबाट प्रदर्शन भएको जिकिर गरेका छन्। हाल रुसी सैनिक परिचालन भएसँगै देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको छ।