news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकामा उथल–पुुथलः कोरोना प्रभावित अर्थव्यवस्थाबीच गत वर्ष ४५ लाखले छोडे जागिर, यो संख्या २० वर्ष पछिकै अधिक

अमेरिकामा गत वर्ष नोभेम्बरमा ४५ लाख भन्दा बढी मानिसले जागिर छोडेका छन् । यस्तै अक्टोबरमा ४२ लाख व्यक्तिले जागिर छोडेका थिए ।  श्रम विभागको आँकडा अनुसार जागिर छोड्ने अमेरिकीको संख्या देशको रोजगारी अभिलेखमा गत २ दशकको अवधिमा सर्वाधिक अधिक हो । मानिस राम्रो अवसरको लाभ उठाउँछन् । त्यसैले उनीहरुले रोजगारी छोडिरहेका छन् ।सरकारले यसमा आफ्नो निगरानी बढाएको छ किनकी दुुई वर्षदेखि कोरोना महामारीका कारण आर्थिक गतिविधि र अर्थव्यवस्थामा दबाव रहँदै आएको छ र जागिरमा नियुुक्ति दिनेले  पनि विरोधाभाषपूर्ण अवस्थाको सामना गर्नु परिरहेको छ ।अमेरिकामा जागिर छोड्नेको संख्या बढ्ने अवस्थालाई 'ग्रेट रेजिग्नेसन'  अर्थात् ठूलो राजिनामा  भनिन्छ । यद्यपि कोरोना महामारीमा श्रमिक आफ्नो प्राथमिकता बारे पुनर्विचार गर्ने विषयमा ध्यान केन्द्रीत गरिरहेका छन् ।इन्डिड हायरिङ ल्याबमा आर्थिक अनुसन्धानका निर्देशक निक बंकरले भने, ‘यो ठूलो राजीनामा वास्तवमा कम तलब भएका श्रमिकका बारेमा हो, जो श्रम बजारमा पुनः नयाँ अवसर खोजिरहेका छन् र प्राप्त पनि गरिरहेका छन् । फेडरल रिजर्भ बैंक अफ एटलान्टाको तथ्यांकबाट थाहा हुन्छ कि जागिर फेर्नेहरुको आफ्नो जागिरमा बस्ने मानिसहरुको तुलनामा तीब्र गतिमा तलब वृद्धि भइरहेको छ ।