news-details
अन्तरास्ट्रिय

Share this post!

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

काठमाडौं : साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि जेलमुक्त भएका छन्।  राजधानी रियादमा रहेको जेलबाट उनहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ।साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छिन्। उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो। उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन्।उनलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन।