news-details
अन्तरास्ट्रिय

Share this post!

सहरभरि होर्डिङ बोर्ड राखेर युवकको गुहार : मलाई मागी बिहेबाट जोगाऊ

पछिल्लो पुस्ताका युवा युवतीहरु मागी भन्दा प्रेम विवाहमा रुची राख्छन् । बेलायतका एकजना युवकलाई पनि मागी बिहे भनेपछि निकै डर लाग्दो रहेछ ।तर प्रेम विवाह गर्नका लागि उनले अहिलेसम्म प्रेमिका फेला पार्न सकेका छैनन् । त्यसैले उनले आफूलाई मागी विवाह अर्थात् अरेन्ज म्यारिजबाट जोगाउन गुहार माग्दै सहरभर ठूला ठूला होर्डिङ बोर्ड राखेर विज्ञापन गरेका छन् ।होर्डिङ बोर्डमा लेखिएको छ Save me from an arranged marriage अर्थात् मलाई मागी विवाहबाट बचाउनुहोस् ।होर्डिङ बोर्डमा उनले आफ्नो बेहुली भेटाउनका लागि खोलेको वेबसाइटमा पनि उल्लेख गरेका छन् ।बेलायतको बर्मिंघम सहरका विभिन्न ठाउँमा उनले त्यस्तो होर्डिङ बोर्ड राखेका छन् । मागी विवाहबाट जोगाउनका लागि गुहार माग्ने ती युवकको नाम मोहम्मद मलिक हो । उनको उमेर २९ वर्षको छ ।यो होर्डिङ बोर्ड हेदाइ मोहम्मदलाई उनका घरपरिवारले दबाब दिएर जबरजस्ती रुपमा बिहे गरिदिन लागेको प्रतित हुन्छ । तर वास्तविकता त्यस्तो छैन । वास्तवमा उनले बिहे गर्नका लागि अनौठो तरिका अपनाएका हुन् । यो एक प्रकारले बिहेका लागि बेहुली खोज्नका लागि गरेको विज्ञापन हो । मलिकले पनि सिधै होर्डिङ बोर्डमा आफ्नो बिहेको विज्ञापन छापिदिएको छन् ।उनले आफ्नो बिहेका लागि खोलेको वेबसाइटमार्फत् अविवाहित युवतीहरुले उनलाई सम्पर्क गर्न सक्दछन् । उनले होर्डिग बोर्डमा बिहेको विज्ञापनसँगै आफ्नो तस्वीर पनि राखेका छन् ।लण्डनमा बस्दै आएका मलिक बर्मिंघमलाई आफ्नो दोश्रो घर मान्छन् । त्यसैले उनले आफ्नो प्रेमको खोजीमा बर्मिंघम सहरमा होर्डिङ बोर्ड लगाएका हुन् । मलिक पेशाले इनोभेसन कन्सल्टेन्ट तथा उद्यमी हुन् । एजेन्सी