news-details
अन्तरास्ट्रिय

Share this post!

ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण

दोहा– पछिल्लो समय ओमानमा कोरोना संक्रमण बढेसँगै त्यहाँ कार्यरत १३५ भन्दा बढी नेपाली कामदारको नि:शुल्क  स्वास्थ्य परीक्षण गरिएको छ ।
गैरआवासीय नेपाली सोसल क्लब ओमानका अनुसार त्यहाँको सोहार तथा सलालाह शहरहरुमा नि:शुल्क स्वास्थ्य परीक्षण सेवा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्यहाँ कार्यरत १३५ भन्दाबढी नेपालीहरुको उत्साहजनक रूपमा उपस्तिथि रहेको कार्यक्रम सोहार शहरमा “रिफ हलाब हल” तथा सलालाह शहरमा “लाइफ लाइन हस्पिटल” भित्र आयोजना भएको थियो ।उक्त नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लाइफ ल‌ाइन हस्पिटल ओमानको सहकार्यमा गरिएको थियो । साथै, सोहार शहरमा त्यहाँस्थित नेपाली दूतावासबाट घुम्ती सेवा पनि उपलब्ध गराईएको नेपाली सोसल क्लब ओमानले जनाएको छ ।यसअघि पनि नेपाली सोसल क्लब ओमानले त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।