news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकी अर्बपति रोबर्ट डर्स्टको कारागारमै मृत्यु

काठमाडौं । आजीवन कारागार सजाय भोगिरहेका अमेरिकी अर्बपति रोवर्ट डर्स्टको कारागारमै मृत्यु भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा क्यालिफोर्नियाको एक कारागारमा जन्मकैदको सजाय भोगिरहेका डस्र्टको कारागारमै मृत्यु भएको हो ।७८ बर्षीय डर्स्ट गत बर्षको सेप्टेम्बरमा पक्राउ परेका थिए । श्रीमती वेपत्ता भएको विषय अरुलाई भनिदिने त्रासले उनले आफ्ना सहकर्मीको हत्या गरेको स्वीकारेका थिए । त्यो बाहेक उनीमाथि दुई छिमेकीको समेत हत्याको आरोप लागेको थियो । रियल स्टेट ब्यापारी डर्स्टको अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा समेत लगानी रहेको छ ।