news-details
अन्तरास्ट्रिय

Share this post!

कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको यो देश

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।यूएई  यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रहेको छ । यो वरियतामा ५३ देशको स्वास्थ्य सुविधा मानक, कोरोना संक्रमणबाट हुने मृत्यु र यात्रा पुनः चालु गर्ने जस्ता १२ संकेतलाई समावेश गरिएको छ ।यही कारण यूरोपमा ओमिक्रोन पैmलिए बावजुद यूएई संक्रमण नियन्त्रित गर्न र देशका पर्यटकका लागि खुला राख्न सफल भएको छ ।महामारीका कारण यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईले पनि आफूलाई विश्वव्यापी पर्यटकीय स्थलबाट आफ्ना जनताको सुरक्षा गर्ने सहरको रुपमा रुपान्तरण गरेको छ ।मिर्जाम चकलेट कम्पनीका मुख्य अधिकारी क्याथी जोनस्टन ३० वर्षदेखि दुबईमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘हामी सबै एक अर्काको सुरक्षा गर्न मिलेर काम गरिरहेका छौँ । मानिस स्थानीय विचार र पारियोजनाको समर्थन गरिरहेका छन् । स्थिति ढिलो भएपनि अगाडि बढिरहेको छ । २ वर्षको तुलनामा मलाई यस्तो लाग्छ कि म कुनै दोस्रो ग्रहमा आइपुगेको छु र मलाई यो मन परेको छ ।’
यूएई किन जानुपर्छ ?
यहाँका मानिसका अनुसार यतिबेला यहाँको मौसम ठीक छ । दुबईमा बस्ने तला मोहम्मद भन्छन्, ‘दुबई आउनका लागि अक्टोबरदेखि मेसम्म वर्षको उत्तम समय हो ।’यसको अर्थ यो हो कि यो मौसममा आउटडोर कार्यक्रम र खुसियाली साँझको रौनक एक पटक पुनः फर्किएर आएको छ । यो तटीय शहरको भिन्न भिन्न स्थानमा यस्ता मनोरञ्जनात्मक गतिविधि सबैतिर देखिन्छ ।यो सहर ६ महिनासम्म चल्ने ‘एक्सपो २०२०’ को पनि आयोजना गरिरहेको छ । जुन २०२२ को मार्चसम्म चल्ने छ । यस प्रदर्शनीमा विश्वरभरीका प्रमुख कम्पनीहरुले स्टल राखिनेछ ।यसमा समावेश कम्पनीले आफ्नो अनौठो र विविध उत्पादन र भविष्यको योजना पेश गर्नेछन् ।क्याथी जोनस्टन भन्छिन्, ‘प्रर्दशनीमा जान नभुल्नुस् । यसका लागि पुरै एक हप्ता छुट्याउनुहोस् । जापानी सुशीका लागि ३ घन्टासम्म लाइनमा बस्नु परे पनि कुनै फरक पर्दैन । एक्सपो सेन्टरमा रेष्टुँरा, खजुरको खीर र अस्ट्रेलियाली स्टलमा आकाशमुनी ताराको सपना देख्नुहोस् ।’
अचम्मको यात्रा
दुबईले विगत १ दशकमा सौर्य उर्जा, जल संरक्षण र ग्रीन बिल्डिङ तथा आधारभूत ढाँचामा भारी लगानीका साथै अधिक टिकाउ व्यवस्था बनाउन कडा मेहनत गरेको छ ।एक्सपो २०२० मा टिकाउ दर्शकदीर्घा छुट्टै बनाइएको छ । यसमा एक सोलर ट्री (सौर्य रुख) हेर्न पाइन्थ्यो । जसले उर्जा र छायाँ दुबै दिन्छ । दर्शक दीर्घाको एक अन्य आकर्षण भनेको ९००० बिरुवा र जडीबुटिका साथ बनेको एक ठूलो ठाडो (भर्टिकल) फार्म हो ।क्याथी जोनस्टन भन्छिन्, ‘विगत २ वर्षमा कयौँ रेष्टुँरा खालिएका छन् । महामारीले अप्रत्याशित रुपमा स्थानीय सामग्री र कुशल भान्सामा आफ्नो प्रतिभा देखाउने अवसर दिएको छ ।’तला मोहम्मद भन्छन्, ‘स्थानीय चिजका साथ जापानी व्यञ्जनको स्वाद लिनका लागि इडन हाउसको रुफटप रेष्टुरा प्रख्यात छ ।’ उनले भनिन्, ‘उदाहरणका लागि एउटा स्पेनिस व्यञ्जन चुतोरो हो । जसमा  दुबईदेखि १०० किलोमीटरको दुरीमा रहेको रस अल खमाहाको मह प्रयोग हुन्छ । केवल ८ सीट भएको यो रेष्टुँरा ​ पहिले नै बुक गर्नुपर्छ ।’यसका अतिरिक्त ‘द सम अफ अस’ रेष्टुँरा दुबईका केही उत्कृष्ट रेष्टुँरामध्येको एक हो । जसले एभोकाडोको बीउबाट बनेको स्ट्र प्रयोग गर्छ । यसमा ग्राहक आफैँले नै घरबाट पुनः प्रयोग गर्न मिल्ने कप लिएर आउछन् । उनीहरुलाई १० प्रतिशत छुटको पनि प्रस्ताव राखिन्छ ।शहरमा  वातावरणसँग लगाव बनाउनका लागि विभिन्न कोसिस गरियो । यो बुझ्नका लागि विभा धमन  इमिरेट्स बायो फर्म जाने सल्लाह दिन्छिन् । यो देशकै ठूलो निजी क्षेत्रको अर्गानिक फर्म हो ।उनी भन्छिन्,‘त्यहाँ तपाई एक समूहमा जानु र बेलुकाको समय भए अझ राम्रो । तपाईंले कयौँ एकडमा फैलिएको उनीहरुको फार्म राम्रो तरिकाले हेर्न पाउनु हुनेछ ।’विभा धवन यूएईको मरुभूमिको आनन्द लिनका लागि अल महा रिसोर्ट र स्पाको सिफारिस पनि गर्छिन् ।दुबईको पहिलो नेशनल पार्क भित्र रहेको यो पाँच तारे रिसोर्टको उद्देश्य मरुभूमिको वातावरणका साथसाथै अरबी जातीको दुर्लभ हरिणको संरक्षित गर्नु पनि हो ।आज यी अरबी  हरिणको एक ठूलो झुन्डमा ३०० को हाराहारीमा  रहेको छ । यी हरिणहरु कुनै डर वा यहाँ खुल्ला रुपमा घुम्ने गर्छन् ।
यसका लागि दशकौँ देखि काम गरिँदै छ । यहाँ आउने मानिसले साइडमा फील्ड गाइडसँग पैदल, जीप, ऊँट वा घोडामा नेशनल पार्क  घुम्ने व्यवस्था गरिएको छ ।
शहरको बीचमै हालै बनेको ‘२५ हावर्स वन सेन्ट्रल’ होटल एक  नयाँ अनुभव दिन्छ । पर्यटकलाई लोभ्याउनका लागि यहाँ अरबी शैली अपनाइन्छ ।
त्यहाँ जानु अघि के थाहा पाउने
ओमिक्रोन भेरियन्टका कारण यात्रा प्रतिबन्द तीव्र दरमा फेरिएको छ । यसका लागि नविनतम घोषणा र नियमको जानकारीका लागि यूएई ट्राभल टू दुबई पक्कै हेर्नुहोस् । यद्यपि, यूएई ती पर्यटकका लागि खुला छ, जसले विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप लिएका छन् ।यद्यपि, आइसकेपछि पनि पर्यटकले कोरोना परीक्षण गराउनु पर्नेछ । यात्रीले यूएईको आधिकारिक एप अल हसन डाउनलोड गर्नुपर्नेछ । जसले कोभिड परीक्षण र खोपको स्थितिलाई संकेत गर्नका लागि रंग आधारित कोड सिस्टमको उपयोग गर्ने गर्छ ।