news-details
अन्तरास्ट्रिय

Share this post!

अफगानिस्तानका ८० प्रतिशत पत्रकारले पेसा परिवर्तन गरे

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् ।अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् ।जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।पूर्व सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छ वटा रेडियो स्टेशन बन्द भएका छन् ९ तीमध्ये पाँच वटा आर्थिक चुनौतीका कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ’, पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गरेको छ ।फाउन्डेशनको निष्कर्षले के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेसा रोजेकोमा सन्तुष्ट छन् भने आठ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ ।अफगानिस्तानभर चार सय ६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये तीन सय ९० पुरुष र ७२ महिला थिए ।केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्युजले रिपोर्ट गरेको छ ।फाउन्डेशनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेसागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।