news-details
अन्तरास्ट्रिय

Share this post!

सोमालियामा कार बम विस्फोट,८ भन्दा बढीको मृत्यु 

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विष्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । विष्फोटमा कम्तीमा एक जना घाइते भएका छन् ।विष्फोट जिम्मेवारी हालसम्म कसैले लिएको छैन । तर, विगतमा यस्ता घटनाहरूको जिम्मेवारी अल कायदासँग आवद्ध इस्लामिक अतिवादी अल सबाब समूहले लिने गरेको थियो ।मोहमद ओस्मान नामक एक स्थानीयले रोयटर्सलाई बताएका छन्, ‘विष्फोट यति शक्तिशाली थियो कि घटनास्थल नजिकको मैले प्रार्थना गरिरहेको मस्जिदका भित्ता र छाना समेत क्षतिग्रस्त भए । बाहिर आएर हेर्दा वरपरका थुप्रै घर ढलिरहेको र सडकमा मानव अंगहरू छरिएको देखें । एकै मिनेटभित्र त्यहाँ थुप्रै कार र रिक्सा नराम्ररी क्षतिग्रस्त भए ।