news-details
अन्तरास्ट्रिय

Share this post!

मद्दत नगर्ने हो भने लाखौँ अफगानी मृत्युको मुखमा पुग्ने चेतावनी

संयुक्त राष्ट्रले लाखौँ अफगान नागरिक मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । यस्तोमा अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति छिट्टै नै जारी गर्नुपर्ने संयुक्त राष्ट्रको ठहर छ ।संयुक्त राष्ट्रले अफगानिस्तानको अर्थव्यास्था धरासयी हुनबाट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाँच अर्ब डलरको मानवीय मद्दत सहायता दिन, अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति जारी गर्न र उनीहरुको बैंकिङ सिस्टम सुरु गर्न अपिल गरेको छ ।संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले मिडियासँगको कुराकानीमा फ्रिज गरिएको रकम अफगानिस्तानका जनताका लागि घातक भएको बताए ।यूएनका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको स्थितिमा छन् ।गुटेरेसले अफगानिस्तानको अर्थव्यवस्थामा तीब्र रुपमा पैसा हाल्न आवश्य भएको बताए । यस्तो गरेर लाखौँ मानिसलाई गरिबी र भोकमरीको कारण बन्नबाट रोक्न सकिने उनले बताए ।अघिल्लो वर्ष अगस्टमा अमेरिकी र नेटो सेनाको फिर्ती र तालिबानको कब्जापछि देशको आर्थिक स्थिति खराब चलिरहेको छ ।अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक मद्दत दिन बन्द गरेको छ । उसको सम्पत्ति फ्रिज गरिएको छ । अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानमा समावेशी सरकार बनाउन, महिलालाई अधिकार दिन र मानवाधिकारको पालना गर्नका लागि माग गरिरहेको छ ।