news-details
समाचार

Share this post!

धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

३० पुस, काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज बिहान टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको छ ।टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।नकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । सो दुर्घटनामा चालक र परीचालक च्यापिएका थिए ।यसैगरी दाङको दंगिशरण गाउँपालिका ४ हेकुलीमा रोकिराखेको ट्याक्टरमा, अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार ५० वर्षीय नेत्र बुढाथोकी (दीपक) रहेका छन् ।घाइते भएका उनको उपचारका क्रममा आज बिहान ५ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चालक स्थानीय १७ वर्षीय मनिष चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।