news-details
अन्तरास्ट्रिय

Share this post!

चीनमा विमान दुर्घटना, सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी । चीनमा भएको विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ । उक्त विमानमा सवार यात्रुको अवस्था अझै पनि अज्ञात रहेकाले सबैको मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो ।उद्दारकर्ताहरुका अनुसार दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त विमानमा रहेका १३२ जना यात्रुमध्ये कोही पनि जीवित भेटिएका छैनन् । चाइना इस्टर्न फ्लाइट ःग्छठघछ किन सोमबार आकाशबाट खस्यो भन्नेबारेसमेत अहिलेसम्म जानकारी प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । गुआङ्सी प्रान्तमा बोइङ ७३७–८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्दार गर्न समस्या भइरहेको उद्दारकर्मीहरुले बताएका छन् ।खबर पर्खेर बसेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन् । दुर्घटनामा परेको विमानको भग्नावशेषहरू छरपस्ट भएको वुझाउको ठाडो जंगली भिरालोहरूमा सयौं उद्दारकर्मीहरूले खोजी कार्य जारी राखेका जनाइएको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको करिब ३६ घण्टासम्म समाचार ब्रीफिंग आयोजना नगरेकाले हताहत बारेमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।सीएएका उड्डयन सुरक्षा कार्यालयका निर्देशक झु ताओले अहिलेसम्म भएको खोज र उद्दारका क्रममा कोही पनि व्यक्ति जीवित फेला नपरेका पत्रकारहरूलाई जानकारी गराएका छन् । दुर्घटनाको स्पष्ट कारण हालसम्म खुल्न नसकेको बताउँदै उनले अहिलेसम्म प्राप्त जानकारीलाई ध्यानमा राखेर मूल्यांकन गरिरहेको जनाएका छन् ।