news-details
अन्तरास्ट्रिय

Share this post!

अफगानिस्तानका छात्रालाई विद्यालय पठाउने निर्णय खारेज

एजेन्सी । अफगानिस्तानका छात्रालाई विद्यालय पठाउन गरिएको निर्णय रद्द भएको छ ।तालिवान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीका अनुसार चौतर्फी दबाबपरेपछि तालिवान सरकारले यसअघि छात्रालाई विद्यालय जान दिने निर्णय गरेपनि सो निर्णय तत्काललाई खारेज भएको हो । निर्णय रद्द गरिएको भन्ने विषयबारेमा सरकारी अधिकारीले भने पुष्टि गरेका छैनन् । सरकारले उक्त निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारी गरेका छात्रा निराश हुँदै घरमै बस्न बाध्य बनेका छन् ।अफगानिस्तानमा तालिवान सरकार गठन भएसँगै महिला अधिकार संकटमा परेको भन्दै अधिकारवादी निरन्तर आन्दोलनमा उत्रिँदै आएका छन् । दबाबका कारण तालिवान सरकारले छात्रालाई पठनपाठन, रोजगारीलगायतका काम गर्न दिने निर्णय गरेपनि तालिवान सरकार निर्णयबाट पछि हटेको भन्दै संयुक्त राष्ट्र संघले आपत्ति प्रकट गरेको एजेन्सीले उल्लेख गरेको छ ।