news-details
अन्तरास्ट्रिय

Share this post!

६ वर्षसम्म जंगलमा हराएको भेडाको शरीरमा थुप्रियो ४० किलो ऊन

अस्ट्रेलियाको हिमालमा ६ वर्षसम्म  हराएको एउटा भेडा शरीरमा ८८ पाउन्ड (करिब ४० किलो) को ऊनसहित फेला परेको छ । भिक्टोरिया पशु आरक्षण एडगरको मिसनका मालिक पाम अहेर्नले हालसालै माउन्ट अलेक्ज्यान्डरमा पर्वतारोहीले भेडा फेला पारेको भनेर फोन आएको बताइन् ।एलेक्स नाम दिइएको भेडालाई फेला पारेको ठाउँमै ठूलो सम्मान दिइएको थियो । यो भेडा एउटा पाठो भएको समयमा बारम्बार फार्मबाट फुत्कने गरेको थियो र कम्तीमा पनि ६ वर्षसम्म यसको शरीरको रौँ खौरिएको थिएन ।‘हामी भएठाउँ आउँदा उसको शरीरमा ४० किलो ऊजन थियो,’ अहेर्नले अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पसँगको कुराकानीमा भनिन्, ‘उसको शरीरमा पिसाब, लट्ठी अड्किएका थिए । जिउ भरी किरा थिए । यो दृश्य साह्रै पीडादायी थियो ।’एलेक्सको ऊन यति जेलिएको थियो कि यो काट्न विशेषज्ञलाई नै बोलाउनुपरेको अहेर्नले बताइन् ।‘होली मध्यरातमा आइन् र करिब एक घण्टा लगाएर ऊन निकालिन्,’ उनले भनिन् । ‘स्थिति निकै नाजुक थियो । यदि हामीले रातभरीमा ऊन ननिकालेको भए, एलेक्सलाई भोलि बिहान देख्न मुश्किल पर्नेथियो जस्तो मलाई लाग्छ । ’ऊन खौरिने काम गरेकी होलीले एलेक्सको स्वास्थ्यमा त्यसपछि तत्काल सुधार देखिएको जानकारी दिइन् ।