news-details
अन्तरास्ट्रिय

Share this post!

खास के छ यो कागजको टुक्रामा रु बिक्दैछ साढे ६ करोडमा ?

 काठमाडौं । कलाका अनेक रुप हुन्छन् । टेपले भित्तामा टाँसिएको एउटा केराको तस्वीर सन् २०१९ मा सोसल मिडियामा निकै चर्चित बन्यो ।कमेडियन नाम दिइएको उक्त टेपले टाँसेको केराको कलाकृतिमा एउटा पाकेको ताजा केरा भित्तामा टेपले टाँसिएको हुन्छ । मिडियाको ध्यान खिच्न सफल उत्त कलाकृतिका दुई थान अन्ततः आर्ट बासेल मियामी बिचमा कूल १ लाख २० हजार डलरमा बिक्रि भए ।कम्तिमा त्यो टाँसिएको केरा त देखिन्थ्यो । तर गतवर्ष एकजना इटालियन कलाकारले एउटा अमूर्त मूर्ति लिलामी गर्न सफल भए । वास्तवमा त्यो मूर्ति केहीले पनि बनेको थिएन । अर्थात् वास्तवमा मूर्ति नै थिएन ।अस्तित्व नै नरहेको उक्त अमूर्त मूर्तिकलालाई कलाकार साल्भाटोर गाराउले ६हजार देखि ९ हजार डलरसम्ममा बिक्री गरेका थिए ।तर अमूर्त कलाको सिर्जना गर्ने गाराउ मात्र एक्लो हैनन् । सन् १९५० मा कलाकार इभेस क्लेइनले यस्तै अमूर्त कला बिक्रि गरेका थिए । उनले धेरै काल्पनिक र अमूर्त कलाको सिर्जना गरेका थिए ।सन् १९५८ मा उनले त्जभ ख्यष्म नामक कला प्रदर्शनी गरे र त्यस क्रममा एउटा खाली कोठामा ठूलो र्याक राखे । उनको उक्त प्रदर्शनी कक्षमा धेरै कलाअनुरागीहरु आए । वास्तवमा उनीहरु एउटा र्याकमात्र राखिएको खाली कोठा हेरेर फर्किए ।त्यसबेला आगन्तुकहरुलाई उनले उक्त रित्तो कोठाका ठाउँठाउँमा सिर्जना गरेका काल्पनिक कलाहरु बिक्रि गरे । उनका अस्तित्वमै नरहेका काल्पनिक अमूर्त कलाका लागि खरीदकर्ताहरुले उनलाई सुन दिएका थिए । त्यसरी सुन लिएर आफ्ना अमूर्त कला बिक्रि गरेपछि उनले बकाइदा बिल भरपाई दिन्थे ।क्लेइनको मृत्युको ६ दशकपछि उनले अमूर्त कला बिक्रि गर्दा दिएको हस्तलिखित बिल भरपाइ लिलामीमा राखिँदैछ । कागजको सानो चिर्कटोमा रहेको उक्त अमूर्त कलाको स्वामित्व सहितको हस्तलिखित बिल भरपाई साढे ५ लाख डलर अर्थात् झण्डै साढे ६करोड रुपैयाँमा बित्रि हुने अपेक्षा गरिएको छ । उक्त बिलमा सन् १९५९ डिसेम्बर ७ को मिति लेखिएको छ । क्लिनको मृत्युको चारवषृ अगाडिको मितिमा उक्त बिल लेखिएको हो ।क्लिइनको हस्तलिखित बिल भरपाइ निकै दुर्लभ कला मानिएको छ । किनकी आफ्ना अमूर्त कला बिक्रि गर्ने क्लेइनले हरेक वर्ष एउटा अनौठो कार्यक्रमको आयोजना गर्दथे ।त्यस्तो कार्यक्रममा उनले आफ्ना अमूर्त कलाका खरीदकर्तालाई समेत बोलाउँथे । उक्त कार्यक्रममा उनले कलाकृति बेचेर आफुले कमाएर आधा सुन सेइन नदीमा फ्याँकिदिन्थे भने खरीदकर्तालाई दिएको बिल पनि जलाउन लगाउँथे ।