news-details
अन्तरास्ट्रिय

Share this post!

युक्रेनले भन्यो, ‘चेर्नोबिलमा रुसी सेनाको व्यवहार गैर जिम्मेवार’

युक्रेनकी उप प्रधानमन्त्री इरयाना वेरेशचुकले रुसले चेर्नोबिलस्थित पावर स्टेशनमा गैर जिम्मेवारयुक्त व्यवहारको आरोप लगाएकी छिन् ।चेर्नोबिल दुनियाँको सबैभन्दा भयंकर परमाणु दुर्घटनाको साक्षी रहेको छ । यो परमाणु संयन्त्रमा रुसले युक्रेनमा २४ फेब्रुअरीमा भएको हमलापछि तुरुन्त कब्जामा लिएको थियो ।वेरेशचुकले रुसले चेर्नोबिलमा भारी सैन्य उपकरण जम्मा गरेर खतरनाक आणविक दुर्घटनाग्रस्त क्षेत्रलाई थप खतरनाक बनाएको बताएकी छिन् ।उनले रुसमाथि दमकलकर्मीलाई परमाणु पावर प्लान्टमा लागेको आगोलाई निभ्न नदिएको पनि आरोप लगाएकी छिन् ।उनले भनिन्, ‘आणविक सुरक्षाको सन्दर्भमा यो एक अव्यवसायिक र गैरजिम्मेवार व्यवहार हो जसले युक्रेनमात्रै होइन लाखौँ युरोपेलीहरुको जीवनलाई गम्भीर रुपमा खतरामा पार्न सक्छ ।’
रुसी सेनाले छोडे चेर्नोबिल :
यसैबीच एक स्थानीय युक्रेनी अधिकारीले अब रुसी सेनाले चेर्नोबिल नजिकैको एउटा सानो शहर छोडेको बताएका छन् ।समाचार एजेन्सी रोयटर्सको एक रिपोर्ट अनुसार स्थानीय मेयर युरी फोमिचेफले एक भिडियो सन्देशमा रुसी सेना स्वालुचबाट निस्किसकेका छन् ।सन् १९८६ मा चेर्नोबिलमा भएको भयंकर आणविक दुर्घटनापछि त्यहाँ काम गर्ने व्यक्तिलाई स्लावुचमा पुनर्वास गरियो ।