news-details
अन्तरास्ट्रिय

Share this post!

जब युक्रेनका पत्रकारले विल स्मिथलाई चुम्बन गर्ने कोसिस गरे, अभिनेताले हानेका थिए थप्पड

२०२२ को ओस्कारमा हास्यकलाकार क्रिस रकलाई मुक्का हानेर हलिउड अभिनेता विल स्मिथ आज चर्चाको विषय बनेका छन् । विलले आफ्नी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका कारण क्रिसलाई लाइभ कार्यक्रममा नै मुक्का हानेपछि कार्यक्रममा एकछिन सन्नाटा छाएको थियो । विल स्मिथले सार्वजनिक स्थलमा कसैलाई मुक्का हानेको यो पहिलो घटना होइन । सन् २०१२ मा उनले एक रिपोर्टमाथि पनि हात उठाएका थिए ।
जब रिपोर्टरले विललाई गरे चुम्बनः
यो कुरा त्यतिबेलाको हो जब विल स्मिथ आफ्नो फिल्म ‘मेन इन ब्ल्याक थ्री’ को प्रिमियिरमा गएका थिए । रेड कार्पेटमा मिडियासँग कुरा गर्र्दै र पापाराजीका लागि पोज दिँदै गर्दा एक व्यक्ति स्मिथको अगाडि आए जसले उनलाई चुम्बन गर्ने कोसिस गरेका थिए । यो कुराले रिसाएका विलले व्यक्तिलाई धक्का दिए र त्यसपछि चड्कन हाने ।पछि विलले टक शो द लेट शो विद डेभिड लेटरम्यानमा यो कुराको स्पष्टिकरण पनि दिएका थिए । सिबिएसन्युजका अनुसार ‘मेन इन ब्ल्याक थ्री’ को प्रिमियर त्यतिबेला रुसको मस्कोमा भएको थियो । सन् २०१२ को सेप्टेम्बरमा आयोजित भेनिस फिल्म फेस्टिबलमा युक्रेनको टेलिभिजन च्यानल  1+1 का रिपोर्टर भिताली सेदुइनकले उनलाई जबर्जस्ती चुम्बन गर्ने कोसिस गरेका थिए । भितालीले पछि माफी पनि मागेका थिए ।कमन म्यान, तिम्रो समस्या के हो साथी ?’ स्मिथले भितालीलाई धकेल्दै भनेका थिए । त्यसपछि उनले उल्टो हातले थप्पड हाने ।उनी भाग्यमानी रहेछन् कि मैले उनलाई मुक्का हानिनँ,’ स्मिथले त्यतिबेला उपस्थित भीड र पत्रकार सामू भने । ‘ओहो, मैले यी सब क्यामरामा भनेँ ! यो राम्रै कुरा हो ।’स्मिथका अनुसार भितालीले उनलाई मुखमा चुम्बन गरेका थिए । तर रिपोर्टरले यस्तै गर्न थिए कि वा गालामा चुम्बन गर्न खोज्दा मुन्टो घुमाउँदा ओठमा पर्न गएको हो भन्नेबारे स्पष्ट हुन सकेको थिएन ।भितालीलाई उनको प्र्याङ्कका लागि पनि चिनिन्छ । उनले विल स्मिथसँग यस्तो व्यवहार गरेकोमा हिप हलिउडसँग एउटा भिडियो बनाएर माफी पनि मागेका थिए । यद्यपि, उनले पछि पनि आफ्नो यस्तो हर्कत जारी राखेका थिए । भितालीले किम कार्दासिया, जीजी हदिद र ब्राड पिटसँग पनि यस्तै मजाक गरेका थिए ।