news-details
अन्तरास्ट्रिय

Share this post!

क्रिस रकलाई थप्पड हानेकोमा विल स्मिथले माफी माग्दै भने, ‘मैले भावनात्मक प्रतिक्रिया दिएँ’

ओस्कार समारोहको मञ्चमा क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथले माफी माग्दै उनको व्यवहार अस्वीकार्य र अक्षम्य भएको बताएका छन् ।इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै उनले लेखे, ‘म सार्वजनिक रुपमा तपाईंहरुसँग माफी माग्न चाहन्छु । क्रिस, मैले सीमा नाघेँ र म गलत थिएँ ।’
जेडाको स्वास्थ्य अवस्थाबारे गरिएको ठट्टा मेरा लागि असह्य थियो र मैले भावनात्मक प्रतिक्रिया दिए ।’विल स्मिथको यो क्षमायाचना त्यतिबेला सार्वजनिक भयो जब ओस्कर फिल्म एकेडेमी उनको व्यवहारको विरोध गरे र यो मामिलामा औपचारिक समीक्षाको घोषणा गरे ।विल स्मिथले मञ्चमा नै हास्यकलाकार क्रिस रकलाई थप्पड हानेका थिए ।वास्तवमा क्रिस रकले कार्यक्रमका बेला विल स्मिथकी श्रीमती जेडा पिंकेटमाथि ठट्टा गरेका थिए ।क्रिस रकले जेडाको छोटो कपालमाथि टिप्पणी गरेका थिए ।उनले भने, ‘आइ लभ यू जेड । म जीआई जेन २ हेर्नका लागि प्रतीक्षारत छु ।’जीआई जेन सन् १९९७ मा रिलिज भएको हलिउड फिल्म थियो । यसमा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री डेमी मूरले फिल्मका लागि आफ्नो कपाल खौरिएकी थिइन् ।