news-details
अन्तरास्ट्रिय

Share this post!

रुसले तोक्यो रुबलमा ग्यास भुक्तानीको समय सीमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकार, केन्द्रीय बैङ्क र गाजप्रोम बैङ्कलाई मित्र नभएका राष्ट्रहरूबाट सबै प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने समय सीमा तोकेको छ । यो समय सीमा मार्च ३१ बाट सुरु हुने भएको छ ।यो नीतिले ईयूका सदस्य राष्ट्रहरू र रुसी महासङ्घ र रुसी कानुनी निकायहरूका नागरिकमाथि प्रतिबन्ध लगाउने राष्ट्रहरूलाई लक्षित गरेको छ । यो जनादेश क्रेमलिनको वेबसाइटमा प्रकाशित भएको हो ।रुसले रुबलमा भुक्तानी गर्न इच्छुक नदेखिने देशहरूमा प्राकृतिक ग्यासको भुक्तानी रोक्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बताए ।आरटी डट कमकाअनुसार यो निर्णय गत साता घोषणा गरिएको थियो । युक्रेनमा सैन्य सञ्चालनको विषयलाई लिएर मस्को विरुद्ध लगाइएको पछिल्लो प्रतिबन्धका कारण आयातकर्ताले तेल आयातलाई रोकेर राखेपछि रुसी तेलको खरिद बिक्री द्विविधामा परेको छ ।युक्रेनमा द्वन्द्व र रुस विरोधी प्रतिबन्धले विश्वव्यापी आर्थिक सङ्कटप्रतिको चिन्ता बढाएको छ । आकासिएको कमोडिटीको मूल्यले उपभोग्य वस्तु, ऊर्जा र खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । यसले कतिपय मुलुकहरूमा मन्दी ल्याउने डरको अवस्था पैदा भएको छ र विश्वका केही भागहरूमा भोकमरी समेत आउने आङ्कलन गरिएको छ ।भुक्तानी आफ्नै घरेलु मुद्रामा गरिने रुसको निर्णयले अमेरिका र उसको मित्रहरूले देशको वित्तीय प्रणालीमाथि लगाएको असाधारण दण्डको प्रतिक्रियामा आएको हो ।पश्चिमा राष्ट्रहरू र जापानले केही आफ्ना अन्तर्राष्ट्रिय सञ्चितीमा रुसको पहुँचमा अवरोध गरेपछि रुबल कीर्तिमानी न्यून स्तरमा झरेको थियो । गत साता अन्य मुद्रा प्रयोग हुने घोषणापछि रुबल अमेरिकी डलर र युरोको तुलनामा बलियो अवस्थामा पुगेको थियो ।