news-details
अन्तरास्ट्रिय

Share this post!

रुसी कम्पनी गाजप्रोमद्वारा जर्मनसँगको व्यवसाय छाड्ने घोषणा

रुसको ऊर्जा कम्पनी गाजप्रोमले जर्मनसँगको व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । मस्कोले रुसी ग्यासको भुक्तानी युरोको सट्टा रुबलमा गर्नुपर्ने विषयमा जोड दिएपछि गाजप्रोम जर्मनसँगको व्यवसायबाट बाहिरिन लागेको हो ।यो कदमको प्रभाव रुसी ग्यासको आपूर्तिमा कसरी पर्ला भनेर तत्काल कुनै स्पष्ट परिणाम देखिएको छैन । किनकि जर्मन आफ्नो आवश्यकताको ४० प्रतिशत रुसी ग्यासमा निर्भर रहँदै आएको छ ।कम्पनीले गाजप्रोम जर्मनियासँगको सहभागिता र उसको सबै सम्पत्तिको अन्त्य गरेको छ । यसमा गाजप्रोमको ‘मार्केटिङ एन्ड ट्रेडिङ’ समेत समावेश छ । यसले थप विस्तृत जानकारी भने उपलव्ध गराएको छैन । जर्मन अर्थमन्त्रीले गाजप्रोम र रोस्नेफ्टको आफ्नो देशमा रहेको एकाई जफत गर्ने विषयमा विमर्श गरिरहेको बताएको जर्मन आर्थिक पत्रिका हान्डेल्सब्लाटले उल्लेख गरेको छ । ऊर्जा आपूर्तिको सुरक्षा प्रतिको चिन्ताका कारण उसले सम्पत्ति जफत गर्न लागेको हो ।यस किसिमको कुनै पनि कदम अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको क्रेमलिनले शुक्रबार जनाएको छ । गाजप्रोम जर्मनिया बर्लिनमा रहेको छ भने यसको एकमात्र सेयर होल्डर गाजप्रोम एक्सपोर्ट हो । यो पूर्ण रुपमा गाजप्रोमको सहुलियतमा चलेको छ ।