news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकी महिला १ हजार पटकको म्याराथनका लागि तयार

९९९ पटक म्याराथन दौड पुरा गरिसकेकी अमेरिकाको टेक्सासकी एक महिलाले यो सप्ताहन्तमा १ पटकको दौड पुरा गर्ने लक्ष्य लिएकी छन् । यस किसिमको दौड पुरा गर्ने उनी पहिलो अमेरिकी महिला हुनेछिन् । एन्जेला टर्टोराइसले यस कसिमको श्रृंखलाबद्ध धाविका बन्ने अपेक्षा आफ्नो पहिलो दौडको समयमा गरेकी थिइनन् । ‘म हजार पटकको दौडपछि अब कहिले पनि यसमा दौडिदैछन्,’डब्लूएफएए टीभीलाई उनले बताइन् ।टर्टोराइसले २०१३ मा एकै वर्षमा १२९ औं म्याराथन दौडेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी थिइन् । ‘मेरो फुर्सदको समय म्याराथनका लागि प्रयोग गरे,’टर्टोराइसले बताइन् ।  ‘यो अन्यका लागि प्रयोग भएको थिएन,’ उनले थपिन् ।टर्टोराइसले कम्तीमा पनि प्रत्येक अमेरिकी राज्यमा पाँच म्याराथन दौडेकी छिन् । यो सप्ताहन्तमा टेक्सासको इरभिङ म्यारथनमा आफ्नो एक हजार पटकको दौड गर्ने उनले बताइन् । यो दौड सहित उनी अमेरिकी म्याराथनको कोशेढुंगा पार गर्ने पहिलो अमेरिकी महिला हुनेछिन् ।उनको म्याराथनबाट हालसम्म शरीरको तन्तुमा हुने कडापनको अनुसन्धानका लागि १० लाख डलर भन्दा बढी उठिसकेको छ । उनको पूर्व श्रीमानमा यस किसिमको रोग देखा परेको थियो ।