news-details
अन्तरास्ट्रिय

Share this post!

श्रीलङ्कामा राजपक्षेको सरकारलाई झट्का : एकदिन अघि अर्थमन्त्री बनेका अलीले दिए राजीनामा

श्रीलङ्कामा एक दिन अघि मात्रै अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका छन् । पछिल्ला केही दिनदेखि श्रीलङ्कामा चलिरहेको आर्थिक संकट र सरकारविरुद्ध विरोधका कारण पूरा मन्त्रीमण्डलले राजीनामा दिएका थिए । पछि सोमबार नयाँ मन्त्रीमण्डललाई शपथ दिइलाइएको थियो । अली साबरीलाई अर्थमन्त्रालय सुम्पिइएको थियो तर अब उनले राजीनामा दिएका छन् ।राष्ट्रपति गोटाबाया राजपक्षेलाई पठाएको पत्रमा उनले लेखेका छन्, ‘निकै सोच विचार गरेर र हालको स्थितिलाई ध्यानमा राख्दै मेरो विचार यो छ कि यो अप्रत्यासित संकटसँग जुध्नका लागि उत्कृष्ट व्यवस्थाको आवश्यकता छ । र यसमा नयाँ अर्थमन्त्रीको नियुक्ति पनि समावेश छ । त्यसैले म तत्काल राजीनामा दिइरहेको छु ।’अली साबरी पहिला सरकारमा न्यायमन्त्री थिए । तर ३ अप्रिलमा उनले अन्य मन्त्रीसँगै राजीनामा दिएका थिए । त्यसपछि सोमबार उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । उनले आफ्नो पत्रमा थपेका छन्, ‘यदि राष्ट्रपति राजपक्षे कुनै उत्कृष्ट व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहन्छन् भने म आफ्नो संसदीय सिट पनि छोड्न तयार छु ।’