news-details
अन्तरास्ट्रिय

Share this post!

अमेरिकाले लगायो पुटिनका छोरीहरुलाई प्रतिबन्ध

एजेन्सी । अमेरिकाले लगाएको थप नयाँ आर्थिक प्रतिबन्धमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीहरुसमेत परेका छन् । अमेरिकाको प्रतिबन्धमा प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषद्का सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरु पनि परेका हुन् ।


ह्वाइट हाउसद्वारा जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख भए पनि नाम भने खुलाइएको छैन । तर, त्यो भनेको रुसी राष्ट्रपति पुटिनकी पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभा भएका मिडिया रिपोर्टमा छ । १९८५ मा जन्मिएकी वोरोत्सोभा एक एन्डोक्राइनोलोजिस्ट र एक मेडिकल कम्पनिकी मालिक हुन् भने १९८६ मा जन्मिएकी तिखोनोभा शिक्षा र व्यापारमा संलग्न छिन् । उक्त प्रतिबन्धसँगै पुटिन परिवारका सदस्यहरुको अमेरिकामा रहेको सम्पत्ति जफत हुने छ भने अमेरिकाबाट कुनै पनि कारोबार गर्न पाइने छैन ।ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम नपुग्ने कुनै पनि अमेरिकीले यी बैंकहरुबाट कारोबार गर्न नसक्ने जनाइएको छ । अमेरिकी वित्त विभागले रुसका अन्य कम्पनीहरुलाई पनि प्रतिबन्ध लगाउने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ । यसैबीच, अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसले युक्रेनी शहर बुचामाथि गरेको अत्याचारको मूल्य चुकाउनुपर्ने बताएका छन् ।