news-details
अन्तरास्ट्रिय

Share this post!

रुसलाई एक्लो पार्न एसिया-प्रशान्तको गठबन्धन खोज्दै अमेरिका र नेटो

दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरिएको छ । रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको हो । अमेरिकाले थप मुलुकहरूलाई संकटको पक्ष रोज्न दबाव दिइरहेको विश्लेषकहरुले बताएका छन् । यो नेटोको विश्वव्यापी विस्तारमा सहयोग पु¥याउने अवसर पनि भएको उनीहरुको भनाई छ ।नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पनि आग्रह गरेका छन् । नेटोको अर्को रणनीतिक अवधारणामा पनि मन्त्रीहरुले सहमति जनाएका छन् । यसलाई जुनमा म्याड्रिड शिखर सम्मेलनमा अन्तिम रुप दिइनेछ । यो रुससँग नेटोको थप सम्बन्धको बारेमा हुनेछ र गठबन्धनको सुरक्षामा चीनको बढ्दो प्रभावको बारेमा पनि हुने बैठककमा जनाइएको छ ।नेटोले एसिया–प्रशान्तका साझेदारहरुसँग साइबर, नयाँ प्रविधिहरु, गलत सूचना, सामुद्रिक सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा सहयोग अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ । बिहीबार दक्षिण कोरियाका विदेश  मन्त्री चुङ  इयू–योङ बैठकमा सहभागी हुनका लागि नेटोको विदेशी मन्त्रीहरको सम्मेलनमा गएका थिए ।उनी उच्च ओहदाको नेटो सत्रमा सहभागी हुने पहिलो दक्षिण कोरियाली विदेश मन्त्री भएको योनहापले उल्लेख गरेको छ । दक्षिण कोरिया बाहेक अन्य तीन मुलुकहरु जापान, अस्ट्रेलिया र न्यूजिल्यान्ड पनि नेटोको सत्रमा सहभागी भएका थिए । नेटोको बैठकमा जापानको मन्त्री सहभागी भएको यो पहिलो पटक हो । चार एसिया–प्रशान्तका  मुलुकहरूलाई आमन्त्रण गरेर नेटो र अमेरिकाले रुसविरुद्ध थप मुलुकलाई आफूतर्फ आकर्षित गरेको छ ।