news-details
अन्तरास्ट्रिय

Share this post!

उत्तर कोरियाले बाइडेनलाई भन्यो - 'बुढो र कमजोर'

उत्तर कोरियाको राज्य स्वामित्वका मिडियाहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बुढो र कमजोर भएको उल्लेख गरेका छन् । उनको बुढोपना र कमजोरीले उनकै बौद्धिकताको विभागमा समस्या देखा परेको जनाइएको छ । रुसमा अमेरिकी प्रतिबन्ध उनकै लागि ‘ब्याक फायर’का  रुपमा काम गर्ने अधिकारिक समाचार संस्था केसीएनएलेले जनाएको छ । यसले वासिङटन विश्व मञ्चमा ‘फाइनल लुजर’ हुने उल्लेख गरेको छ ।‘युक्रेनमा भएको युद्ध अपराधको आरोप रुसलाई लगाएर अमेरिकाले रुसको बेइज्जत गर्न र उनको शासनको अन्त्य गर्न खोजेको छ,’ लेखमा दाबी गरिएको छ । यसले अमेरिकाले अफगानिस्तान, इराक र युगोस्लाभियामा लाखौं निर्दोशलाई मारेको अरोप लगाउदै रुसभन्दा पहिलो युद्ध अपराधी अमेरिका भएको उल्लेख गरेको छ ।हालै मात्र किभले आफ्ना पश्चिमा समर्थकहरु रुसविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएको जनाएको छ । रुसले बुचामा ठूलो संख्यामा नागरिक मारेको आरोप लगाएको छ । मस्कोले यो आरोपको खण्डन गर्दै आएको छ । यो प्रमाण युक्रेनले प्रोपोगान्डाको रुपमा तोडमोड गरेको आरोप रुसले लगाएको छ । क्रेमलिनले यो घटनामा यूएनको अनुसन्धानका लागि अनुरोध गरेको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी भएको आरोप लगाउदै उनी बुचाको घटना भन्दा अगाडि पनि सत्तामा रहिरहन नहुने बताएका थिए ।उत्तर कोरियाका अधिकारी र लेखहरुको अमेरिकी राष्ट्रपतिहरुमाथि आक्रमण गर्ने लामो इतिहास पनि रहेको छ ।  यसले अमेरिकी राष्ट्रपति बाइडेनलाई भन्दा अगाडि पनि डोनाल्ड ट्रम्पलाई आधा सुकाइएका मानिस र अशिक्षित  मानिस भएको बताएका छन् ।विदेशी शत्रुहरुलाई प्रतिबन्ध लगाउने अमेरिकी नीतिको प्योङयाङले सधै आलोचना गर्दै आएको छ । उत्तर कोरिया स्वयं पनि अमेरिका, ईयू र यूएनको प्रतिबन्धका मार खेप्दै आएको छ । यो विशेष गरी उसको परमाणु शक्तिको विषयमा रहदै आएको छ ।