news-details
अन्तरास्ट्रिय

Share this post!

युक्रेनी शहरमा रूसी सेनाका क्षतिग्रस्त बख्तरबन्द गाडी, तस्वीरहरू

रूस र युक्रेनबीच भएको युद्धमा दुवै पक्षबाट हालसम्म यथेष्ट क्षतिको विवरण अझै सार्वजनिक भएका छैनन्।गत फेब्रुअरी २४ देखि जारी युद्धमा युक्रेनी शहरमा रूसले क्षेप्यास्त्र आक्रमण गर्दा व्यापक जनधनको क्षति भएको छ। यस युद्धमा रूस आक्रामक देखिएको छ भने युक्रेन रक्षात्मक बनेको छ। युक्रेनमाथि जित हासिल गर्ने प्रक्षेपणका बीच हालसम्म रूसलाई युक्रेनले कडा चुनौती दिइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्यो युद्धमा युक्रेनी सैन्यमात्र होइन रूसी सेनाहरूको पनि हताहतीका खबर सार्वजनिक भएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभ लगायत महत्त्वपूर्ण शहरमा रूसले शक्तिशाली बमको प्रयोग गरेको छ। रक्षात्मक देखिएका युक्रेनी सेनाले रूसी सेनाका बख्तरबन्द गाडीमा पनि क्षति पुर्‍याएका छन्। युक्रेनमा प्रयोग भएका रूसी हतियार, बख्तरबन्द गाडी, जेट विमानहरू क्षतिग्रस्त बनेका दृश्य  सार्वजनिक भएका छन्।यसैबीच समाचार संस्था रोयटर्सले क्षतिग्रस्त रूसी सेनाले प्रयोग गरेका क्षतिग्रस्त हतियारको तस्वीर सार्वजनिक गरेको छ तर यो विषयमा रूसले आफ्नो क्षतिको विवरण सार्वजनिक गरेको छैन।संयुक्त राष्ट्रसंघले केही दिनयता सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४० लाख युक्रेनीले देश छोडेका छन्। तीमध्ये ३५ लाख नागरिक पोल्याण्डको शरणमा पुगेका छन्।