news-details
अन्तरास्ट्रिय

Share this post!

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।  यी ठाउँहरुमा बिजुली मात्रै नभएर ताजा पानी र मेडिकल स्टाफ पनि छैनन् ।जो गर्भवती मातृ स्याहार गृहमा पुगेका छन् उनीहरु पनि तनावमा छन् । डाक्टर उनीहरुलाई कहिले सेल्टरभित्र लैजान्छन् भने कहिले बाहिर । यी मध्ये केहीलाई प्रसव पीडा भइरहेको हुन्छ भने, केही चिच्याइरहेका हुन्छन् र केहीको रक्तश्राव पनि भइरहेको हुन्छ ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार युद्ध सुरु भएको समयमा २.६५ लाख युक्रेन महिला गर्भवती थिए । यसमध्ये ८० हजार बच्चाको जन्म आउँदो तीन महिनामा हुनुपर्नेछ ।
घातक भइरहेको छ प्रीम्याचुअर डेलिभरी
युद्धको कारणले नै युक्रनेमा प्रीम्याचुअर डेलिभरी बढेको छ । इन्टरनेशनल फेडरेशन अफ गायनोकोलोजी एन्ड असटेटिक्सकी अध्यक्ष डा. जीन कानरीले भनिन्, ‘समयभन्दा पहिलेको जन्म र युद्धकालिन स्थितिका कारण बच्चाको मृत्यु वा जीवनभर जटिलता हुने खतरा बढी हुन्छ ।’ कयौ गर्भवती महिलाको ब्लड प्रेशर बढेको छ । तनावका कारण शरीरमा दूध बनिरहेको छैन । प्री–एक्लेमप्सियाको अवस्था पनि बनिरहेको छ । जुन बढी रक्तचापका कारण हुने गर्छ । यो घातक हुनसक्छ ।२७ वर्षकी युलिया सोब सोबचेन्को भन्छिन्, ‘किभमा राती ९ बजेदेखि विहान ६ बजे कर्फ्यू लगाइँदै आएको छ । मलाई २० मार्चको राती प्रसव पीडा भयो । राती २ः ५५ मा डेलिभरी भयो । दुई घन्टामा हमलाको अलर्ट आएपछि बेसमेन्टमा सारियो । यहाँ सबै अस्पतालमा यही अवस्था छ । हवाई हमलाका साथै साइरन बज्नासाथ बेसमेन्ट जाने भर्‍याङ गर्भवतीले भरिन्छ । आफ्नो पेटमा हात राख्दै महिला कुनैपनि किसिमको सुरक्षित स्थानमा पुग्न हिँड्छन् । डाक्टरहरुकाअनुसार समयभन्दा अगावै जन्म, जन्मको समयमा कम वजन र मृत्युदर अधिक हुन्छ ।युद्धको समयमा जन्मिने बच्चामा उच्च रक्तचाप, मधुमेह पनि हुन सक्ने दोस्रो विश्व युद्धको प्रमाणअनुसार गर्भवतीमा भोखमरीको समयमा जन्मने बच्चालाई उच्च रक्तचाप र मधुमेहको कारण बन्नसक्छ । डा.कानरीकाअनुसार प्रसवपछि रक्तश्राव रोक्नका लागि औषधीको कमी भएको छ । यसबाट सुत्केरीको मृत्युमा वृद्धि हुन सक्छ । यो मात्रै होइन शिशुलाई बचाउन अत्यावस्यक उपकरणको पनि कमी छ ।