news-details
अन्तरास्ट्रिय

Share this post!

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

एजेन्सी । पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता उनी पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । शहबाज पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुन् ।प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार थिए । सोमवार(हिजो) नेशनल एसेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उनले एक सय ७४ मत प्राप्त गर्दा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाएनन् ।यसअघि नेशनल एसेम्बली सुरु हुनेबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल एसेम्बली) बाट राजीनामाको घोषणा गरेका थिए ।