news-details
अन्तरास्ट्रिय

Share this post!

किशोरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सांसद दोषी ठहर

१५ वर्षे किशोरमाथि यौन अपराध गरेको आरोपमा दोषी ठहर भएपछि बेलायतको वेकफिल्डका सांसद अहमद खानलाई कन्जर्भेटिभ पार्टीबाट निष्कासन गरिएको छ ।उनीमाथि जनवरी सन् २००८ मा स्ट्याफोर्डसायरमा आयोजित पार्टीमा एक किशोरमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उक्त आरोपलाई उनले अस्वीकार गर्दै आएका थिए । यद्यपि, उनी अनुसन्धानको क्रममा दोषी ठहर भए ।साउथवार्क क्राउन कोर्टले बताए अनुसार उनले ती किशोरलाई जिन खान बाध्य बनाएको, तत्पश्चात् भर्‍याङमा घिसार्दै माथि लगेको र उनीमाथि यौन हिंसा गर्नुअघि पोनोग्राफी हेर्न लगाएका थिए ।बीबीसीका अनुसार ४८ वर्षीय खानले आफ्नो सजायको पुनरावेदन गर्न चाहेको बताएका छन् ।अदालतको आदेशपछि कन्जर्भेटिभ पार्टीले सन् २०१९ मा वेकफिल्डका लागि टोरी सांसदका रुपमा निर्वाचित खानलाई तत्काल प्रभावका साथ निष्कासित गरिएको जानकारी दिएको छ ।लेबर पार्टी र केइग्लेका कन्जरभेटिभ सांसद रोबी मूरले खानलाई राजिनामा दिन भनेका छन् ।हाल २९ वर्ष पुगिसकेका उजुरीकर्ताले आफूमाथि भएको आक्रमणले उनलाई तर्साएको र स्तब्ध बनाएको बताएका छन् ।अदालतसामू पेश गरिएको प्रमाणमा बताइए अनुसार खानले उनलाई बिस्तारै सुम्सुम्याउन थालेको र ‘नगर’ भन्दाभन्दै पनि जबर्जस्ती गरिरहेका थिए ।उनको सास फुल्न थालेको थियो । मैले उनको हात निकालिरहेँ तर उनले त्यसो गर्न छोडेनन्,’ उनले भने ।अदालतको बयानमा त्यतिबेला प्रहरी बोलाइए पनि किशोरले मुद्दा अघि बढाउन नचाहेको बताइएको छ ।नाम गोप्य राखिएको व्यक्तिले सन् २०१९ मा आम चुनावमा खान उम्मेदवार भएको थाहा पाएपछि कन्जरभेटिभ पार्टीलाई सम्पर्क गरेका थिए ।खान संसदमा निर्वाचित भएपछि उनले प्रहरी बोलाए ।यता खानले भने ती  किशोर आफ्नो भ्रमित लैङ्गिकता बारे कुरा गरेपछि अत्यन्त विचलित भएपछि आफूले उनको कुहिनो मात्रै छोएको बताएका थिए ।करिब पाँच घण्टाको छलफलपछि सांसदलाई दोषी ठहर गरिएको हो ।