Share this post!
आप्रवासन सम्बन्धी अन्तरराष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीलाई लिबिया फर्काइएको बताएको छ।संस्थाले सोमबार विज्ञप्ति प्रकाशन गरेर ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेको जनाएको छ।लिबियाका विभिन्न स्थानबाट उनीहरू अन्यत्र जान लागेका थिए। उनीहरू कागजातविहीन अवस्थामा रहेकाले उनीहरूलाई सो संस्थाले उद्धार गरेर लिबिया नै फर्काएको थियो।सो संस्थाले सात दिनको अवधिमा उनीहरूलाई उद्धार गरेको हो। कतिपय यी आप्रवासीहरू जबरजस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन्।लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गत वर्षमात्र कम्तीमा ७७ जनाको ज्यान गएको थियो। त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए। उक्त संस्थाले यो वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ।