news-details
अन्तरास्ट्रिय

Share this post!

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।सोमबार भएको सो हत्यामा ४ बालबालिका रहेका छन्।  हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको छ भने एक जनाको भने अस्पतालमा मृत्यु भएको थियो।