news-details
अन्तरास्ट्रिय

Share this post!

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनको आरोप

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको आरोप लगाएका छन्।  अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रममा बाइडेनले पुटिनले युक्रेनी हुनु नै अपराध झैँ गरेर सर्वसाधारण मानिसहरु मारिरहेको आरोप लगाए। इन्धन समस्या सम्बन्धी कार्यक्रममा बाइडेनले परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताए। आफ्नो टिप्पणीको व्याख्या गर्दै बाइडेनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको बताउनु भएको थियो। त्यसका निम्ति प्रमाणहरु पनि एकपछि अर्को प्राप्त हुँदै गएको बाइडेनको दाबी थियो। यसअघि अमेरिकी राष्ट्रपतिले युक्रेनको बुचा तथा अन्य सहरमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए। यसैबीच युक्रेनको मारियोपोल सहरमा रुसले रासायनिक पदार्थ प्रयोग गरेका भन्ने अपुष्ट विवरणले आफूलाई चिन्तित बनाएको रासायनिक अस्त्र प्रतिबन्धसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले बताएको छ। उक्त निकायले त्यहाँको अवस्थाको नजिकबाट अनुगमन गरिरहेको बताएको छ।