news-details
अन्तरास्ट्रिय

Share this post!

सांघाईमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो । सांघाईमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ । ‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानुनअनुसार अनुसन्धान गरिनेछ’ विभागले एक विज्ञप्तिमा भनिएको छ । ‘एउटै हृदयले महामारीसँग लड्न र प्रारम्भिक विजयको लागि मिलेर काम गर्नसमेत विभागले आह्वान गरेको छ ।