Share this post!
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस युक्रेन युद्धका क्रममा रुसका २० हजार जना सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।सो युद्धमा १९ हजारदेखि २० हजार जना रुसी सेनाको मृत्यु भएको जानकारी जेलेन्स्कीले सिएनएनलाई दिएका हुन् । तर, युद्धमा १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक मस्कोसँग छ । त्यस्तै उक्त युद्धमा २५०० देखि तीन हजार जना युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।यस्तै युद्धमा आफ्ना १० हजार सेना घाइते भएका जानकारी उनले सिएनएनलाई दिएका छन् । ‘करिब १०,००० जना घाइते भएका छन्, जीवित रहन्छन् भन्न गाह्रो छ ।’, उनले सिएनएनसँग भनेका छन् ।