news-details
अन्तरास्ट्रिय

Share this post!

भारत भ्रमणअघि किन मागिँदैछ बेलायती प्रधानमन्त्रीको राजीनामा ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण अप्रिल २१ देखि सुरु हुँदैछ, तर भारत भ्रमणमा हिँड्नुअघि ब्रिटीस राजनीतिका विपक्षीहरुले बोरिसको राजीनामाको माग गर्न थालेका छन् ।ब्रिटिस मिडियाहरुका अनुसार जोनसन जोडिएको पार्टीगेट प्रकरणका नयाँ पक्षहरु सार्वजनिक भएपछि विपक्षीले उनलाई प्रश्न उठाउन थालेका छन्। 
के हो पार्टीगेट प्रकरण ?
कोरोना भाइरसको सुरुवाती समयमा संक्रमणको विस्तार रोक्नको लागि बेलायतमा लकडाउन लगाइएको थियो। सबैमाथि लकडाउनको नियम बराबार लागु गरिएको थियो । तर त्यसबेला जोनसनले लकडाउनको नियम तोडेर विभिन्न समय पार्टी गरेका प्रकरण सार्वजनिक भएपछि जोनसन विवादमा तानिएदै आएका छन् ।अहिले फेरी २०२० नोभेम्बरमा ब्रिटिस प्रधानमन्त्रीको आवास टेन डाउनिंग स्ट्रिटमा सञ्चार निर्देशक ली केनको बिदाई लागि आयोजित पार्टीका विवरण सार्वजनिक भएका छन्। २०२० नोभेम्बरको बिदाई पार्टी बोरिस जोनसनकै निर्देशनमा गरिएको आरोप छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले हालसम्म जोनसनले लकडाउनका बेला आयोजना गरेका १२ पार्टीबारे रिपोर्ट पाएको र ती आरोपमाथि अनुसन्धान गरिरहेको बताएको छ। आरोपित १२ मध्ये ६ पार्टी बोरिस जोनसनसँग सम्बन्धित रहेको अनुमान गरिएको छ । जोनसनको राजिनामाको माग गर्दै आएका विपक्षीहरूले पछिल्लो समय विरोधलाई तीब्र बनाएका छन्। लेबर पार्टीका उपनेता एन्जेला रेनरले प्रधानमन्त्रीले देशका जनतालाई पाईला पाईलामा झुट बोलेको पनि आरोप लगाईन्। बेलायतका जनता कोराना विस्तार रोक्न घरमा थुनिएका बेला जोनसनले लकडाउनसम्बन्धि नियम तोड्दै पार्टी गरेकोमा विपक्षी आक्रोशित छन्। रेनरले यो कार्यले प्रधानमन्त्री कार्यालयको अपमान भएको भन्दै देशलाई राम्रो नेतृत्वको खाँचो रहेको बताए । लकडाउन उल्लङ्घन गरी पार्टी गरेको आरोपमा यस अघि नै प्रधानमन्त्री बोरिस जोनसनलाई जरिवानालाई पनि गराईसकेको छ। २०२० जूनमा उनको जन्मदिनमा भएको भव्य पार्टीलाई लिएर उनलाई जरिवाना गराइएको थियो । सो दिन उनकी श्रीमती क्यारीले क्याबिनेट हाउसमा केक ल्याएकी थिइन् । यस घटनामा केरी र बेलायतका अर्थमन्त्री ऋषि सुनकलाई पनि जरिवाना गरिएको छ ।