news-details
अन्तरास्ट्रिय

Share this post!

मरेपछि आफन्तकै लास खाने परम्परा !

संसारमा यस्ता धेरै आदिवासी समुदायको बसोबास छ, जसका बारेमा आम मानिसहरूलाई थाहै छैन । कतिपय आदिवासी समुदायका रितिरिवाज, परम्परा तथा संस्कृतिहरू यस्ता छन्,जसको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो पर्दछ ।कतिपयका संस्कार तथा परम्पराहरु निकै हिंस्रक, दर्दनाक तथा अनौठा छन् जुन आधुनिक मानव समुदायका लागि अपाच्य हुनसक्दछन् । यस्तै अनौठो परम्परा भएको आदिवासी समुदाय हो यानोमामी ।दक्षिण अमेरिकाको ब्राजिल तथा भेनेजुयलामा बसोबास गर्ने यो समुदायमा निकै अनौठो परम्परा छ । उनीहरू आफ्नै आफन्तको मासु खान्छन् । उक्त परम्परालाई इन्डो केनिबलवाद भनिन्छ ।आधुनिकीकरण तथा पश्चिमीकरणको प्रभाव यो समुदायमा कत्ति पनि परेको छैन । आफ्नो संस्कृति तथा परम्पराको पालनामा उनीहरू कट्टर छन् ।उक्त समुदायमा यदि कोही मानिसको मृत्यु भयो निकै विभत्स तरिकाले शवको अन्तिम संस्कार हुन्छ । मृत्यु पश्चात् घर परिवार तथा आफन्तका मानिसहरू जम्मा हुन्छन् र लासलाई पोलेर खान्छन् । लासलाई पोल्ने क्रममा सबैभन्दा पहिले मृतकको अनुहारमा रङ दल्ने काम गर्दछन् र पछि सबै मिलेर शवको मासु खान्छन् ।शवको मासु खानुका साथै आफन्तको मृत्युमा गीत गाएर तथा रोएर दुख प्रकट गर्ने चलन पनि छ यो समुदायमा ।