news-details
अन्तरास्ट्रिय

Share this post!

चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाईमा धेरै

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ । यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ । चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्र भन्दा धेरै देखिन थालेका बताइएको छ ।यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।