news-details
अन्तरास्ट्रिय

Share this post!

रुसपछि युक्रेन पुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेस

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस युक्रेन पुगेका छन्। उनले सो कुरा ट्वीट मार्फत् जानकारी दिएका हुन्। उनले ट्वीट लेखेका छन्,  म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु।उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन्। राष्ट्रसंघीय महासचिव गुटर्रेस  युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन्।  उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि उल्लेख गरेका छन्। महासचिव गुटर्रेस हालैमात्र रुसको भ्रमणमा जा गएका थिए। त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए।