news-details
अन्तरास्ट्रिय

Share this post!

अनौठो मन्दिर जहाँ कालीमातालाई चाउचाउ चढाइन्छ

काठमाडौं ।  छिमेकी मुलुक भारतको टंगरा क्षेत्रमा चाइनिज काली मन्दिर छ । उक्त क्षेत्र चाइना टाउनको नामले चिनिन्छ । उक्त मन्दिर तिब्बती शैलीको छ । उक्त मन्दिरको गल्लीमा पूरानो कलकत्ता तथा पूर्वी एसियाको सुन्दर संस्कृतिको झलक देख्न सकिन्छ ।मन्दिरमा प्रसादको रुपमा केवल चिनिया परिकार मात्र चढाइन्छ । जसमा चाउचाउ, चाउमिन लगायतका चिनिया परिकार हुन्छन्। साथै मन्दिरमा केवल चिनियाँ अगरबत्ती मात्र जलाइन्छ ।प्रसादको अलावा मन्दिर परिसरको वासना पनि नितान्त फरक हुन्छ । एकजना बंगाली पुजारीले मन्दिरमा पुजा गर्दछन् र खराब आत्माहरु भ्गाउने भन्दै त्यहाँ समय समयमा हाते कागज पोल्ने गरिन्छ ।उक्त काली मन्दिरमा चिनिया प्रसाद चढाउनुको एक खास कारण छ । झण्डै २० वर्षअघि चिनिया तथा बंगाली मानिसहरुको दान रकमबाट उक्त मन्दिर बनाइएको हो । उक्त मन्दिर भएको ठाउँमा ६० वर्षअघि देखि नै एक रुखमुनि देवीको पुजा गरिँदै आएको थियो ।स्थानीयहरुका अनुसार धेरै वर्षअघि भएको एक घटनामा एकजना बिरामी चिनिया युवकलाई सोही ठाउँमा राखेर प्रार्थना गरेपछि निको भएका कारण त्यहाँ मन्दिरको निर्माण गरिएको थियो र त्यो ठाउँ हिन्दु र चिनिया समुदायको लागि आस्थाको केन्द्र बनेको थियो ।चिनियाँहरु आएर उक्त मन्दिरमा चाउचाउ लगायतका परिकार प्रसादको रुपमा चढाउन थालेपछि त्यहाँ चिनिया चिजमात्रै चढाउने चलन बसेको हो ।