news-details
समाचार

Share this post!

एकीकृत समाजबादीबाट वडा अध्यक्ष पदको उम्मेदवार  बनेका कोइराला एमाले प्रवेश 

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा न.१मा  नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् । उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष  वचन देउजाले पार्टीमा स्वागत गरेका छन्  । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।